narankajiएमाले अध्यक्ष केपी ओलीलाई मानसिक रोगी भएको भएको भनेर सार्वजनिक गरेको विज्ञप्तीप्रति एमाओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेका छन् ।

बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै एमाओवादीका उपाध्यक्ष श्रेष्ठले आफ्नो पार्टी नेतृत्वको मोर्चाले एमाले अध्यक्ष ओलीलाई मानसिक रोगी भनेकोमा असन्तुष्टि जनाएका हुन् ।

ओलीको अभिव्यक्ति गैर राजनीतिक र द्वन्द्व बढाउने खानको भएपनि उनलाई जवाफ दिने नाममा मोर्चाले गलत काम गरेको बताए ।बुधबारको मोर्चाको बैठकले ओलीलाई मानसिक रोगी भएको भन्दै उपचार गर्न सरकारसँग माग गरेको थियो ।

श्रेष्ठले सहमतिमा नै संविधान जारी गर्न काँग्रेस एमालेबाट प्रतिबद्धता आउनुपर्ने भन्दै उनले गतिरोधको अन्त्यका लागि मध्यमार्गी बाटो रोज्नुपर्ने उल्लेख गरे । दलहरुबीचको द्वन्द्व अझै बढे राजनीतिक उपलब्धीहरु गुम्ने खतरा रहेको उनको भनाई थियो ।

केही समयअघि एमाले अध्यक्ष केपी ओलीले एमाओवादीले २ अर्ब ५ करोड दिने सहमतिपछि संसदको अवरोध खोल्न सहमति गरेको भन्दै अहिले १० अर्ब दिए संविधानसभा पनि खुल्ने अभिव्यक्ति दिएका थिए ।

त्यसको जवाफ दिँदै मोर्चाले ओलीको शारीरिकसँगै मानसिक अवस्था पनि असन्तुलन भएको भन्दै उपचार गर्न माग गरेको थियो ।

सम्बन्धित खबरहरु