फस्ट माईक्रो फाईनान्सको हकप्रद शेयर निश्काशन

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

first microफस्ट माईक्रो फाईनान्स बिकास बैंकले लगानीकर्ताका लागि एक बराबर एक अनुपातमा फागुन १५ गतेदेखि हकप्रद शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १० लाख कित्ता शेयर प्रति कित्ता एक सय रुपैयाँमा बिक्रीमा निकाल्न लागेको हो ।

यो शेयर किन्नका लागि लगानीकर्ताले यही माघ २८ सम्म शेयर खरिद गरी नामसारीमा पठाईसक्नु पर्ने भएको छ । यसरी कायम हुने शेयरधनीले हाल कायम एक कित्ता वापत थप नयाँ एक कित्ताका दरले चैत्र १९ सम्ममा रकम बुझाई आबेदन दिनुपर्ने छ । हाल १० करोड चुक्ता पूँजी रहेको बैंकको हकप्रद निश्काशनपछि २० करोड पुग्नेछ । ग्लोबल आईएमई लगायतका बैंकहरु संस्थापक लगानीकर्ता रहेको यस बैंकमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा रहेको छ ।

यो शेयर निश्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 के छ बित्तीय अबस्था ?

फस्ट माईक्रो फाईनान्स लघुवित्त बिकास बैंकले  चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा लगानीकर्ताहरुलाई थप उत्साहित पार्दै आकर्षक बित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बन्दै फस्ट माइक्रो फाईनान्सले यस अवधिसम्म एक सय २७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

बैंकले गत असोज मसान्तसम्म्म ६६ लाख रुपैयाँ कमाएकोमा पुस मसान्तसम्म खुद नाफा १ करोड ५३ लाख नघाएको छ । बैंकले ब्याज आम्दानी एक सय ६ र संचालन आम्दानी ८५ प्रतिशतले बढोत्तरी गरेको छ ।

सो बैंकको निस्क्रिय कर्जा सुन्य रहनु लगानीकर्ताहरुका लागि मूल्याङनको अर्को आधार बनेको छ । बैंकको जगेडा कोषमा ३ करोड ३० लाख रुपैयाँ छ ।

सम्बन्धित खबरहरु