लुम्बिनी बैंकले कसरी बढायो खुद नाफा १५० प्रतिशत ?

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

लुम्बिनी बैंकले आफुलाई तीब्र सुधारको दौडमा सामेल गर्दै चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा १५० प्रतिशतले खुद नाफा बढाएर सबैलाई चकित पारेको छ ।

लुम्बिनीले निस्क्रिय कर्जालाई झण्डै ६५ प्रतिशतले कम गरी ०.७७ प्रतिशतमा झारेर लगानीकर्ता माझ आशलाग्दो बैंकको रुपमा प्रस्तुत भएको छ ।

 lumbini bankबैंकले ब्याज आम्दानी झण्डै ५० र संचालन नाफा १४० प्रतिशतले बढाएर दोस्रो त्रैमाससम्म १७ करोड खुद नाफा कमाएको छ । गत बर्षको दोस्रो त्रैमाससम्म बैंकले जम्मा ७ करोडको हाराहारीमा खुद नाफा कमाएको थियो । बैंकको निस्क्रिय कर्जा अनुपात घट्दा प्रोभिजन गत बर्ष भन्दा कम रकम राख्नु परेको छ भने जोखिम ब्यहोर्ने कोषबाट चार करोड ७० लाख भन्दा बढी रकम फिर्ता ल्याएर नाफामा देखाएको छ ।

त्यसैगरी शुल्क, कमिशन, अन्य संचालन आम्दानी र विदेशी मुद्राको कारोबारमा पनि आम्दानी बढाएको छ । निक्षेप ४० र कर्जा ४२ प्रतिशतले बढाएर बैंकले संतोषजनक प्रगति गरेको छ ।

नबदुर्गा फाईनान्ससँग मर्ज र बोनस शेयर समेत दिएर दुई अर्ब मात्र पूँजी पुर्याएको बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ पुगेको छ । हाल शेयर बजारमा यस बैंकको प्रति शेयर मूल्य ३७० रुपैयाँ हाराहारीमा रहेकाले कम मूल्य नै मान्नुपर्छ ।

सम्बन्धित खबरहरु