कर्णाली बिकास बैंक पनि नाफामा गयो, दोस्रो त्रैमाससम्ममा ५० लाख खुद नाफा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

निस्क्रिय कर्जाले थलिएर बसेको नेपालगंजको कर्णाली बिकास बैंक पनि यस बर्षको दोस्रो त्रैमासदेखि नाफामा गएको छ । बैंकले गत बर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ५२ लाख घाटा खाएको र चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म एक करोड घाटा रहेकोमा दोस्रो त्रैमासमा ५० लाख खुद नाफा कमाउन सफल भएको हो ।

 karnali bankबैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा ब्याज आम्दानी २८९ प्रतिशतले बढाएर ५० लाख रुपैयाँ खुद नाफा देखाएको हो । संचालन नाफा भने बैंकले ७९ लाख मात्र गरेको छ । बैंकले निस्क्रिय कर्जालाई ८.३५ बाट ५.४२ प्रतिशतमा झारेको छ । तर बैंकको निक्षेप र कर्जा विस्तार उत्साहजनक छैन ।

आठ करोड मात्र चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ करोड छ । बैंकको प्रति शेयर आम्दानी ६.३३ रुपैयाँ छ ।

सम्बन्धित खबरहरु