सहयोगी बिकास बैंकको निस्क्रिय कर्जा ह्वात्तै बढ्यो, खुद नाफामा ब्यापक कटौती

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

जनकपुरधाममा मुख्य कार्यालय रहेको सहयोगी बिकास बैंकको निस्क्रिय कर्जा ह्वात्तै बढेको छ । बैंकको निस्क्रिय कर्जा गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १.७२ र यसै आर्थिक बर्षको अघिल्लो त्रैमासमा ४.२७ रहेको थियो भने  दोस्रो त्रैमासमा त्यो बढेर ५.६२ पुगेको छ ।

sahayogi bank

निस्क्रिय कर्जा बढ्दा बैंकको खुद नाफा ४५ प्रतिशतले संकुचन भई २ करोड ७५ लाखबाट १ करोड ५१ लाख रुपैयाँमा झरेको छ । निस्क्रिय कर्जा वापत बैंकले संचालन नाफाबाट २ करोड ३७ लाख रुपैयाँ जोखिम कोषमा ब्यवस्थापन गर्नुपरेको छ । बैंकको ब्याज आम्दानी बढ्न सकेको छैन भने संचालन नाफामा झण्डै एक करोडले कमी आएको छ ।

१८ करोड चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी १२ रुपैयाँ छ ।

सम्बन्धित खबरहरु