काठमाडौं । अनामनगरमा रहेको अक्सिडेण्टल पब्लिक स्कूलले आफ्नो २०औं वार्षिक खेलकुद कार्यक्रम गरेको छ । एन्फा एकेडेमीको खेलमैदान च्यासलमा भएको कार्यक्रममा कक्षा ३ देखि ९ सम्मका विद्यार्थी सहभागी भएको भएको स्कूलले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न सदन र स्काउटका विद्यार्थीले मार्चपास तथा नृत्य प्रदर्शन गरेका थिए ।

occidental schoolस्कूलले पूटबल, क्रिकेट, दौड, खो–खोलगायत २० खेलको आयोजना गरेको थियो । त्यस्तै, अभिभावकको तर्फबाट १ सय मिटर दौड तथामैत्रिपूर्ण फुटबलको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राडा. सिद्धिप्रसाद कोइरालाले कार्यक्रमको उद्घाटन गर्दैै विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनको विकास गर्न खेलकुदको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

सम्बन्धित खबरहरु