२८ जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

nepal policeप्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी उपरीक्षक(एसपी) को बिहीबार सरुवा गरेको छ । पछिल्लो सरुवामा सप्तरी, डोटी, बारा, बर्दिया, बाँके, कास्की, सुनसरी, मोरङ, झापा  जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । केही जिल्लामा अवधि नपुग्दै प्रमुख फेरिएका हुन् ।

सप्तरीमा शिशिरकुमार कर्माचार्य, डोटीमा हिमबहादुर लामा, बारामा लोकेन्द्रबहादुर मल्ल,  बर्दियामा गोविन्दराम परियार, बाँकेमा वसन्तकुमार पन्तले प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै कास्कीमा हरिबहादुर पाल, मोरङमा तारिणीप्रसाद लम्साल र झापामा रविन्द्रनाथ रेग्मीको सरुवा गरिएको छ । मोरङ र बारामा केहीअघि काजमा खटिएकालाई त्यहीँ सरुवा गरिएको हो ।

को को सरुवा भए हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७