Susil koiralaजनबोली/२२ माघ काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान टेलिफोनमा कुराकानी भए पनि ठोस प्रगति हुन सकेन । कोइरालाले दाहाललाई आफै टेलिफोन गरी वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने प्रस्ताव गरे ।

आन्लोलनमा तयारीमा लागेका दाहालले यही अवस्थामा वार्ता हुन नसक्ने भन्दै बिपक्षी मोर्चाले अघि सारेका शर्तबारे बिचार गर्न आग्रह गरे । बिपक्षीले संधिानसभासभामा बहुमतीय प्रक्रिया रोकेर सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता गर्न सत्तापक्षलाई आग्रह गरेका छन् ।

दाहालले वार्ताका लागि ठोस वातावरण बनाउन कोइरालालाई आग्रह गरेका थिए । 'दुई नेताबीच टेलिफोनमा छोटो कुराकानी भयो, प्रगति भएन' दाहाल निकट एक नेताले भने । गत शुक्रबार कोइराला वार्तामा बस्न आग्रह गदै दाहाल निवास पुगेका थिए । यो सहित दुई नेताबीच तीनपटक टेलिफोनमा कुराकानी भइसकेको छ । कोइरालासंगको टेलिफोनपछि दाहाल आन्दोलनको तयारीका लागि बिपक्षी दलको बैठकमा सिंहदबार पुगेका थिए ।  बालुवाटार स्रोतका अनुसार कोइरालाले आन्दोलन छाडेर बार्तामा बस्न आग्रह गरेका हुन । उनले संविधान निर्माणका विवादित बिषय सहमतिबाटै अघि बढाउन आफू दृढ रहेको समेत बताएका थिए । कांग्रेस प्रवक्ता दिलेन्द्र बडुका अनुसार प्रधानमन्त्री कोइरालाले टेलिफोन मार्फत बार्ताका लागि विपक्षी मोर्चालाई आव्हान गरेको बताए ।

सम्बन्धित खबरहरु