जनबोली/२२ माघ, काठमाण्डौ ।

फोरम अफ इन्ष्टिच्युशनल स्कुल म्यानेजर्स फिजमको आयोजना उपत्यकामा आजबाट पाँचौ फिजम रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरे । त्यसक्रममा मन्त्री पौडेलले आज विद्यार्थी नै भोलिका कर्णधार भएकाले खेल क्षेत्रबाट विद्यार्थीहरुबाटै भोलिका आशालाग्दा खेलाडी उत्पादन हुने बताए ।

विभिन्न विद्यालयबाट हुने यस्ता प्रतियोगिताले नै भोलि कुशल खेलाडी जन्मने उनको भनाई थियो । मन्त्री पौडेलले राज्यले खेल क्षेत्रमा पर्याप्त काम गर्नुपर्ने पनि बताए । क्रिकेट खेलाडीले पछिल्ला दिनमा राष्ट्रको नाम उज्ज्वल पार्ने गरी काम गरेजस्तै फुटबलमा पनि गरिनुपर्ने बताए ।

प्रतियोगिताका संयोजक एवं नेक्सस् इन्टरनेशनल एकेडेमीका प्रधानाध्यापक आरबी कट्वालले हरेक विद्यार्थीका अनुहारमा देशको उज्ज्वल भविष्यको रेखा कोरिन राज्यले उचित ध्यान दिनुपर्ने बताए ।

उद्घाटन खेलमा स्वर्णिमतारा र जागृति विजयी

प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा एप्पल एकेडेमीले स्वर्णिमतारा विद्यासदनलाई शुन्यका विरुद्ध २ गोलले पराजित ग¥यो । त्यस्तै जागृति एकेडेमीले अर्किड पुपिल स्कुललाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोलले पराजित ग¥यो । प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार वेष्ट गु्रप भिजन स्कुलका विरुद्ध न्यु होलि क्रस स्कुल, ग्रामर पब्लिक हाई स्कुल विरुद्ध अन्नपूर्ण सकेण्डरी स्कुल र जनजीवन शिशु निकेतन विरुद्ध शाम्भवी स्कुलबीच खेल हुनेछ ।

सम्बन्धित खबरहरु