prachanda-rambaran

जनबोली/ २३ माघ, काठमाडौ । राष्ट्रपति डाक्टर रामबरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड शुक्रवार बिहानै राष्ट्रपति यादवलाई भेटन शितल निवास पुगेका थिए ।

दलहरु दुई कित्तामा विभाजित भएपछि राष्ट्रपति यादवले सक्रियता बढाउँदै आज एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि बोलाएका हुन् ।
बिपक्षी मोर्चाले आन्दोलन गर्ने भएपछि वार्ताको वातावरण बनाउन राष्ट्रपति यादवले पछिल्लो राजनितिक घटना क्रम बारे छलफल गर्ने भएका छन् । यस अघि हिजो एमालेसँग राष्ट्रपति यादवले छलफल गरेका थिए ।

सम्बन्धित खबरहरु