जनबोली/२३ माघ, काठमाडौ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको वैठक अहिले बसिहरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी वैठकमा विपक्षी मोर्चाले राखेका मागका विषयमा साझा धारणा बनाउन सत्तासिन दलह रु छलफल जुटेका हुन ।
आन्तरिक रुपमा प्रक्रिया र सहमति सँगै लैजाने निणर्यका गरेका सत्तासिन कांग्रेस एमाले आज प्रक्रिया स्थगन गर्न सकिने विषयमा पनि छलफल गर्नेछन ।
प्रक्रिया फिर्ता हुने सम्भावना नरहेकाले सहमतिका लागि रोक्ने विषयमा छलफल हुने छ । विपक्षी मोर्चालाई सहमतिका लागि एक मौका दिनुपर्ने आवाज सत्तापक्षभित्रै उठेकाले त्यस विषयमा छलफल हुन लागेको हो ।
राष्ट्रपतिसँग भएको सम्वाद, विपक्षी मोर्चाले राखिरहेका मागका विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको टेलिफोन वार्ताका विषयमा पनि जानकारी गराउने छन ।
विपक्षी मोर्चाले संविधानसभा बहिष्कार गरि आन्दोलन समेत सुरु गरिसकेको छ । राष्टपति डाक्टर रामबरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड शुक्रवार बिहानै राष्टपति यादवलाई भेटन शितल निवास पुगेका थिए ।
दलहरु दुई कित्तामा विभाजित भएपछि राष्टपति यादवले सक्रियता बढाउँदै आज एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि बोलाएका थिए ।
बिपक्षी मोर्चाले आन्दोलन गर्ने भएपछि वार्ताको वातावरण बनाउन राष्टपति यादवले पछिल्लो राजनितिक घटना क्रम बारे छलफल गर्दै आएका छन् । यस अघि हिजो एमालेसँग राष्टपति यादवले छलफल गरेका थिए ।