yuba sanghजनबोली/२३ माघ, काठमाडौ । युवा सङ्घ नेपालले केन्द्रीय कमिटीको बैठक आगामी चैत ७ र ८ गते नारायणी अञ्चलको मकवानपुरको हेटौँडामा बस्ने निर्णय गरेको छ ।

युवा सङ्घ नेपालको २३ औँ  स्थायी कमिटीको बैठकले बुधवार बसेको अध्यक्ष निरु पालको संयोजकत्वमा मूल व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पालले सङ्घले आफ्नो स्थापनाको २५ वर्षलाई रजत जयन्तीका रुपमा युवा औद्योगिक महोत्सव मनाउने निर्णय गरेको जानकारी दिईन् । बैठकले सङ्घका उपाध्यक्ष झपट रावलले दिएको राजीनामा स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले एमाओवादी शान्ति प्रक्रियामा आएपछि अयोग्य लडाकुका नाममा पटक–पटक गरी चार अर्ब रुपैयाँ हिनामिना गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि मुद्दा दर्ता गरेकोमा त्यसको छानबिन हुन नसकेकामा ध्यानाकर्षण गरेको छ ।

सोही पार्र्टीका नेताहरुले विभिन्न समयमा युवा स्वरोजगार कोषबाट विभिन्न शीर्षकमा झिकेका रकम छानबिन गर्न समेत माग गरेको छ ।

बैठकले एमाओवादी नेतृत्वको गठबन्धनले (एमाले)का नेता केपी ओलीलाई अमर्यादित, अभद्र लाञ्छना लगाउँदै बैठकबाट गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष पालले बताइन् ।

सम्बन्धित खबरहरु