japan senatorटोकियो । इस्लामिक स्टेटले नियन्त्रणमा लिएर आफ्ना दुइजना नागरिकको हत्या गरेपछि जापानको तल्लो सदनले आतंकवाद बिरुद्धको संकल्प प्रस्ताव पारित गरेको छ ।

उसले उक्त घटनालाई ‘अमानविय र निन्दनीय’ भन्दै संकल्प प्रस्ताव पारित गरेको हो । उक्त प्रश्तावले आतंकवादी कानुनको व्याख्या गर्न नसकिने भन्दै जापानी नागरिकले कहिल्यै पनि आतंकवादलाई नसहने जनाएको छ ।

तल्लो सदनमा प्रस्ताव गरिएको उक्त प्रश्तावमा भनिएको छ ‘हामी दृढताका साथ निन्दा गर्दछौ कि, जापानी नागरिकको आईएसले गरेको हत्या घोर अमानवीय तथा निन्दनीय छ ।’

प्रस्तावमा आफूहरु आतंकवादका यस्ता हर्कत सहेर नवस्ने उल्लेख गरिएको छ । प्रस्तावमा आफूहरु आईएसको माग पुरा गर्न लागि परेपनि उनीहरुले दूई जापानी नागरिक केन्जी गोटो तथा हरुना युकावाको हत्या गरेकोमा आपत्ति जनाएको छ ।

उक्त प्रस्तावमा जापानेले मध्यपूर्व अफ्रिका लगायतका देशहरुमा उपलव्ध गराईने सामाजिक सहायताको कार्यक्रम निरन्तरता दिने भन्दै विश्व समुदायसँग आतंकवाद विरुद्ध सहकार्य गर्न तयार रहेको जनाएको छ ।

सम्बन्धित खबरहरु