Islamic stateकाठमाडौं । धार्मिक अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) ले आफ्ना फाइटर जेटका पाइलटको हत्या गरेपछि आक्रोशित जोडर्नले आइएस बिरुद्ध पहिलो हवाई आक्रमण गरेको छ ।

हवाई आक्रमणबाट आईएसलाई के कति क्षति भयो भन्ने विवरण भने खुलाईएको छैन ।

आफ्ना लडाकु जेटका पाईलट मोआज अल कसासबेहलाई जिउंदै जलाएर हत्या गरेपछि रुष्ट बनेको जोर्डनले पहिलोपटक दर्जनौं जेट विमानसहित आक्रमण शुरु गरेको हो ।

आईएसको तालिम केन्द्र तथा हतियार भण्डार गरिएको क्षेत्रलाई केन्द्रीत गरि जोर्डनी लडाकु विमानहरुले हवाई आक्रमण गरेका हुन् ।

यसैबीच, जोर्डनी राजा अब्दुल्लाहले कसासवेहका परिवारसंग भेटवार्ता गरेका   छन् । राजा अव्दुल्लाहले आईएस विरुद्धको लडाई थप तिव्र बनाईने बताए ।

सम्बन्धित खबरहरु