रुँदै रुँदै मेस्सीले भने–‘जीवनभर नविर्सने घाउ लाग्यो’

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ माघ, २०७१

काठमाडौं । अर्जेन्टाई स्टार स्ट्राइकर लियोनेल मेस्सीले विश्वकपको फाइनल खेलमा आफु र आफ्नो टीमलाई जर्मनीले हराएको घटना ‘जीवनभर नविर्सने घाउ’ भएको बताएका छन् । फिफासँगको एक अन्तरवार्तामा उनले आफुले फाइनल खेलमा केही गोलको अवसर पाए पनि गोल गर्न चुकेको भन्दै आत्म आलोचना समेत गरेका छन् । अन्तरवार्ताका क्रममा उनले फाइनल खेलमा गोल गर्न चुकेका भिडियो प्रस्तुत गर्दा गला अवरुद्ध पार्दै आसु झारेका थिए ।

विश्व फुटबलका अहिलेका सबैभन्दा महान् र स्टार खेलाडीले आफ्नो सानो गल्तीका कारण आफ्नो देश र समर्थकहरु निराश भएको भन्दै माफी मागेका    थिए । विश्वकप अघि र फाइनल खेल सम्म उनको चर्चा निकै भएको थियो । फाइनलमा गोल गर्न नसकेका कारण उनको आलोचना भएको थियो । उनले विश्वकपमा गोल्डेनबल भने पाएका थिए । विश्वकप फाइनलमा मेस्सीले राम्रा अवसर गुमाउँदा जर्मनका मारियो गोट्सेले खेलको अतिरिक्त समयको अन्तिममा गोल गर्दै जर्मनलाई जिताएका थिए । एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७