समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बन्यो फुटबल मैदान  

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ माघ, २०७१

काठमाडौं । अफ्रिका कप अफ नेसन्समा घाना र गिनीबीचको सेमिफाइनल घरेलु समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बनेको छ । झण्डै ३० मिनेटको खेल अवरुद्ध भयो । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास हान्नुका साथै हेलिकोप्टर प्रयोग गर्नु परेको थियो । पहिलो हाफमा २–० को अग्रता लिएको घानाले ७२ औं मिनेटमा तेस्रो गोल गर्यो । घरेलु समर्थकहरुले घानाका खेलाडीहरुमाथि बोटल प्रहार गर्न थालेपछि ८२ औं मिनेटमा खेल अवरुद्ध हुन पुग्यो ।

गिनीका घरेलु समर्थक र घनाका समर्थक एक आपसमा भिड्ने अवस्था समेत आएको थियो । प्रहरीले खेलाडीहरुलाई सुरक्षित स्थानमा लगेपछि भिड तितरतिवर पार्न अश्रु ग्यास प्रहार भएको थियो । यस्तै स्टेडियममा हेलिकोप्टर समेत प्रयोग गरियो । घना फुटबल संघले घटनाका क्रममा स्टेडियम युद्ध मैदान बनेको टिप्पणी गरेको छ । मैदानमा भएको बस्तुहरु हटाएपछि पछि खेल सुरु गरियो र घाना ३–० ले विजयी भयो । अब उसले उपाधिका लागि आइभरी कोष्टसँग खेल्नेछ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७