prachanda-rambaran

जनबोली/२३ माघ, काठमाडौ । दलहरुबीच सम्वादहीन अवस्थामा राष्ट्रपति डा. रामबरण यादव सक्रिय हुन थालेका छन् । परिस्थिती अनुशार सक्रिय हुन राष्ट्रपतिलाई आएको सुझाव अनुशार राष्ट्रपति यादवले शुक्रबारदेखि दलहरुसँग छलफल सुरु गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति यादव र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै साढे ३ घण्टा कुराकानी भएको छ ।

यो भेटवार्ता अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । शुक्रबार बिहानै भेटवार्ताका लागि एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई शितल निवास बोलाएका थिए ।

भेटवार्तामा राष्ट्रपति यादवले दलहरुबीच सम्वाद र सहमतीको खाँचो रहेकाले वार्ताको वाताबरणमा आउन सुझाएका थिए । तर राष्ट्रपतिको सुझावमा माओवादी अध्यक्ष प्रचण्ड उल्टै आक्रोसमा आएको बुझिएको छ ।

सत्तारुढ दलहरुले सम्वादको वाताबरण अन्त्य गरेको अवस्थामा अभिभावको भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा माओवादीले नै सम्वाद अन्त्य गरेको बुझ्नुभएकोमा मेरो आपत्ति छ भन्ने प्रति प्रश्न प्रचण्डले गरेका थिए ।

भेटवार्ताका सन्र्दभमा जनबोली डटकमका लागि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, शितल निवासमा अध्यक्ष प्रचण्डले कांग्रेस, एमालेले देशलाई कतातर्फ धकेलेको अभिभावक भएर यतातर्फ सोच्नुभएको छ, भनेर प्रतिप्रश्न अध्यक्षले गर्नुभयो, त्यसपछि सम्वाद हुँदै जाँदा राष्ट्रपतिसँग लामो समय सम्वाद चलेको छ ।

साढे तीन घण्टा लामो समयको छलफलमा पनि एमाओवादी अध्यक्ष र राष्ट्रपतिबीच निश्कर्ष नआएपछि फेरी भेटेर कुरा गर्ने भन्दै अध्यक्ष प्रचण्ड शितल निवास बाहिरीएको स्रोतको दावी छ ।

भेटवार्तामा सम्वादको थालनी कहाँबाट सुरु गर्ने र कसरी गर्ने भन्ने निचोड निकाल्ने उदेश्य थियो, तर दुवैमा यसै गरौ भन्ने विकल्प नआएपछि फेरी भेटेर छलफल गर्ने भन्दै प्रचण्ड शितल निवास बाहिरीए स्रोतले भन्यो ।

सम्बन्धित खबरहरु