संविधान निर्माणमा प्रतिपक्षलाई साथ लिएर अघि बढ्ने सत्तारुढ दलको निर्णय

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ माघ, २०७१

THTAFC1E885_congress-uml
जनबोली / २३ माघ, कठामाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ता र संवादमा आउन फेरी पनि औपचारीक रुपमा विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई दलको बैठकले सहमति निर्माणका लागि विपक्षीहरुसँग हदैसम्मको लचक भएर प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकले संविधान सभामा सहमतीय र बहुमतीय दुवै प्रक्रिया जारी राख्ने, प्रतिपक्षको सहभागीताका लागि सहमतीय प्रक्रियामा बढी लचकता अपनाउने निर्णय गरेको एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिए ।

जनबोली डटकमको सम्वादमा उपाध्यक्ष रावलले भने सहमतिको विकल्प छैन भन्ने सात्तारुढ दलको बुझाई हो तसर्थ सहमतीका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको बताए ।

काँग्रेस एमालेले एमाओवादी सहितका दलहरुले सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान बनाउने कुरामा सहमत रहेको दावी गर्दै वार्ता र प्रक्रियालाई संगै अघि बढाउने जनाएका हुन ।

संवाद र सहमतिबाट नै संविधान निर्माण गर्नुको विकल्प नरहेको ठहर गर्दै काँग्रेस एमालेले प्रक्रियासँगै सहमतिलई पनि अघि बढाउने निर्णय गरेका हुन् ।

सम्बन्धित खबरहरु