prachandea-430x316

जनबोली / २३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु पूर्वको इटहरीमा भेला भएका छन् । पूर्वी कमाण्डका नेता–कार्यकर्तालाई प्रशिक्षण दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायका केन्द्रीय नेता सहित पूर्वका नेता कार्यकर्ता इटहरीको रिजाल पार्टी प्यालेसमा भेला भएका छन् ।
प्रशिक्षण कार्यक्रममा संघर्षका योजनाहरुका बारेमा छलफल हुने नेता श्रेष्ठले जानकारी दिएका छन् ।
‘प्रशिक्षणमा कोचिला, लिम्बुवान र किरात राज्य समितिका करिब १५ सय नेता कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षणमा गाउँ पार्टी अध्यक्ष र सोभन्दा माथिल्लो कमिटीका नेताहरुलाई बोलाइएको छ ।

प्रशिक्षण कार्यक्रममा एमाअ‍ोवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजीका साथै केन्द्रीय नेताहरु हरिबोल गजुरेल, गोपाल किराती, राम कार्की र लोकेन्द्र विष्टलगायतको सहभागिता रहेको छ ।

प्रशिक्षण सकेपछि इटहरीमै बास बसेर शनिबार अध्यक्ष प्रचण्डको टोली जनकपुर जाने कार्यक्रम छ । शनिबार जनकपुरमा मिथिला क्षेत्रका अगुवा नेता कार्यकर्तालाई प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम छ । राजधानी छाडेर ‘जनतामा जाने’ निर्णय गरेका एमाओवादी अध्यक्ष सहितका केन्द्रीय नेता शुक्रबार राति सुनसरीको इटहरीमा बास बस्ने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु