बीमा कम्पनीको संस्थापक शेयर धितो कर्जामा कडाई, बढी शेयर भएकालाई पूर्व स्वीकृति अनिवार्य

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ माघ, २०७१

प्रभु बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सम्बन्धी कारोबारलाई अझै सहज पार्ने विषयमा सम्झौता भएको छ ।

प्रभु बैंक र बीमा संस्थानबीच बिहीबार भएको सम्झौताले सर्वसाधारणलाई बीमा संस्थानसँग बीमा गराएर पोलिसी लिन, प्रिमियम बुझाउन र सो सम्बन्धी कारोबार गर्न सहज बनाई दिएको छ ।

prabhuदुबै कम्पनीका प्रमुख कार्यकारीहरुबीचमा भएको सम्झौता अनुसार अब बीमा संस्थानका सेवाग्राहीले प्रभु बैंकका जुनसुकै शाखामा गई बीमा गराउन र त्यसको प्रिमियम तिर्न सक्नेछन् । प्रभु बैंकका छ लाख भन्दा बढी ग्राहकलाई लक्षित गरी यस प्रकारको सम्झौता गरिएको बीमा संस्थानका अधिकारीहरुले बताएका छन् ।

 सरकारी स्वामित्व रहेकोबीमा संस्थान निर्जिवन बीमा कारोबारबाट छुट्टिएपछि जीवन बीमा गर्ने ग्राहक बढाउने अभियानमा आक्रामक रुपमा अगाडि आउन लागेको छ । हालै ग्राण्ड बैंकलाई आफुमा मिलाउने सम्झौता गरेको प्रभुसँग देशभर एक सय ३४ शाखा संजाल रहेको छ ।

Rastriya bima

सम्बन्धित खबरहरु