रेष्टुरेन्टलाई घेरा हालेर बसेका प्रहरीले खरेललाई कोहलपुर लैजान नदिएपछि अख्तियार सम्पर्क कार्यालय कोहलपुरका प्रमुख कुँवरले अख्तियारको केन्द्रिय कार्यालय काठमाडौंमा समेत गुहार माग्नु परेको थियो। अख्तियार प्रमुख लोकमानसिंह कार्की र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच कुराकानी भएपछि मात्र प्रहरीले रेष्टुरेन्टबाट खरेललाई लैजान दिएको कुँवरले जानकारी दिए। उनले भने, ‘प्रमुख आयुक्त ज्युले आइजिपी उपेन्द्रकान्त अर्यालसँग कुरा गरेपछि मात्र प्रहरीले हामीलाई छोडे। प्रहरीले हामीलाई असहयोग गर्यो।’ हालै सरुवा भएका जिल्ला प्रहरी प्रमुख शेखर कोइरालाले विश्वास पात्र बनाएपछि खरेल सादा पोशाकमा खटिने जिम्मेवारी पाएको जिल्ला बताए। खरेललाई अख्तियारको कोहलपुर सम्पर्क कार्यालयमा आवश्यक अनुसन्धानका लागि राखिएको प्रमुख कुँवरले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले पनि खरेल घुस लिइहेको अवस्थामा पक्राउ परेको बताए। ‘सुमनलाई अख्तियारले पक्राउ गर्योल,’ उनले भने ‘अरु कुरा बुझ्न बाँकी छ।’
इलाका प्रहरी कार्यालय जमुनाहामा दरबन्दी भएका खरेल आर्थिक अनियमितताको आरोपमा एक वर्षअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका थिए। भेरी अञ्चल प्रहरी कार्यालयको कारबाहीमा तानिएका उनलाई जिप्रकाले अपराध सम्बन्धी सुचना संकलनका लागि सादा पोशाकमा खटाएको थियो।
केहीदिन अघि माघ १९ गतेपनि अख्तियार टोलीले बाँके, बेतहनीस्थित प्रहरी चौकी इन्चार्ज, प्रहरी सहायक निरीक्षक परवीर बैगारलाई ८ हजार घुस लिंदालिंदै पक्राउ गरेको थियो ।