१३ औं आहा रारा गोल्डकपमा आजदेखि दोस्रो चरणका खेल

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २४ माघ, २०७१

aaha-raraकास्की । पोखरामा जारी १३ औं आहा रारा गोल्डकपमा आजदेखि दोस्रो चरणका खेल सुरु हुदैछ ।

आजको पहिलो क्वाटरफाईनलमा बिभागिय टिम नेपाल पुलिस क्लब र नवजनजागृति क्लब सिमरा बीच प्रतिश्पर्धा हुदैछ ।

खेल दिउँसो साढे २ बजेपछि पोखरा रंगशालामा सुरु हुनेछ । पुलिस बाई पाएर सिधै क्वाटरफाईनलमा खेल्न आएको हो भने नवजनजागृति क्लब उद्घाटन खेलमा आयोजकको टिमलाई हराउदै अन्तिम आठमा आईपुगेको हो ।

प्रतियोगितामा पहिलो सहभागिता जनाएको सिमरालाई पाच पटकको बिजेता पुलिस बिरुद्धको खेल चुनौतिपूर्ण हुनेछ ।

सम्बन्धित खबरहरु