Prasnawali_Samitiजनबोली/२४ माघ, काठमाडौं । संविधानका विवादित विषयमा बनाइने प्रश्नावली निर्माणको कामलाई आज टुंग्याउने तयारी भएको छ ।

आज दिउँसो बस्ने प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले बनाएको प्रश्नावली पेश गरेर त्यसमाथि थप छलफल गरी प्रश्नावलीलाई अन्तिम रुप दिइने भएको हो ।

समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ, त्यसअघि उपसमितिले छलफल गरेर आफ्नो काम टुंग्याउने तयारी गरेको उपसमिति संयोजक अग्निप्रसाद खरेलले जानकारी दिए ।

दलहरुबीच विवाद रहेको संघीयत, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीमा प्रश्नावली निर्माण भइरहेको छ । यी मुद्दाहरुमा सयभन्दा बढी प्रश्न बन्ने उपसमितिले जनाएको    छ । सत्तारुढ दलका सभासद्सद्हरुले प्रश्नावलीको काम गरिरहे पनि विपक्षी मोर्चा भने आन्दोलनमा छन् ।

सम्बन्धित खबरहरु