
२६ वर्षे अलीले २०१२ मा एकमात्र एकदिवसीय श्रीलंकाविरुद्ध खेलेका थिए। जुनैद खान चोटका कारण खेल्न नपाउने भएपछि पकिस्तान क्रिकेट बोर्डले बिहीबार आर्श्चयजनक रूपमा अलीलाई विश्वकप टिममा बोलाएको थियो। पाकिस्तानको प्रस्तावलाई विश्वकप प्रविधिक समितिले अनुमोदन गरेको आइसिसीले जनाएको छ।
‘कुनै पनि खेलाडी चोट वा अस्वस्थताका कारण खेल्न नसक्ने भए प्रतियोगिताको प्राविधिक समितिमा मेडिकल रिपोर्टसाथ लिखित निवेदन दिनुपर्ने हुन्छ,’ आइसिसीले भनेको छ, ‘एकपटक टिमबाट बाहिरिएको खेलाडीलाई अर्को कुनै खेलाडी घाइते भएको अवस्थामा चाहिँ फर्काउन पाइँदैन।’
गत महिना खुट्टामा चोट लागेपछि मैदान बाहिर रहेका जुनैद अझै पुर्णरुपमा फिट हुन सकेका छैनन्। पकिस्तानले विश्वकपको पहिलो खेलमा छिमेकी प्रतिद्धन्द्धी भारतविरुद्ध फेब्रुअरी १५ मा एडेलेइड ओभलमा खेल्नेछ।