पाकिस्तान र अफगानिस्तानले नेपाली टोलीलाई अस्ट्रेलिया र न्युजिल्यान्डमा अर्को साता सुरु हुने विश्वकप सकिएपछि त्यहाँ भ्रमण गर्ने निम्तो दिएका छन्। यसैगरी हङकङ र पपुवा न्युगिनी (पिएनजी) ले नेपालमै आएर खेल्ने प्रस्ताव गरेको क्यानका एक सदस्यले जानकारी गराए। चार देशबाट एकदिवसीय तथा ट्वान्टी–२० खेलहरूका लागि फरक खाले प्रस्ताव आए पनि क्यानले भने कुनै निर्णय गरिसकेको छैन।
‘डिभिजन २ का लागि हाम्रो राष्ट्रिय टोली नामिबिया जानुअघि नै विश्वकप पछिको मितिमा खेल्ने गरी विभिन्न देशबाट प्रस्ताव आएका थिए,’ ती सदस्यले भने, ‘तर क्यानमा यो विषयमा अझैसम्म छलफल भएको छैन। निर्णय गर्न पहिला बोर्डमा छलफल हुनुपर्छ र अझ महत्वपूर्ण कुरा त खेलाडी र प्रशिक्षकसँग पनि सल्लाह गर्नुपर्छ।’
द्वन्द्वग्रस्त अफगानिस्तान र विदेशी क्रिकेट टोलीमाथि लक्षित गरी थुप्रै आक्रमण भइसकेको पाकिस्तानको कमजोर सुरक्षा व्यवस्थाका कारण भ्रमणबारे क्यानका जिम्मेवार पदाधिकारीहरूले निर्णय गर्न नसकेको बताइन्छ।
‘अफगानिस्तान र पाकिस्तान जस्तो देशमा जानका लागि क्यान र टिमले मात्र निर्णय गरेर हुन्न। यसका लागि सरकारबाट पनि अनुमति लिनुपर्छ,’ उनले भने।
हङकङ र पिएनजीको प्रस्तावमा भने नेपालको पूर्वाधारको अवस्थामा छलफल गरेर क्यानले निर्णय गर्ने उनले बताए। क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले चारै देशबाट प्रस्ताव आएको पुष्टि गर्दै बोर्डले त्यस विषयमा निर्णय गर्ने बताइन्। ‘हाम्रो राष्ट्रिय टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका कारण धेरै देश हामीसँग खेल्न चाहन्छन्। धेरै ठाउँबाट स्वाभाविक रूपमा प्रस्ताव आएका छन्,’ उनले भनिन्, ‘हामीले बोर्ड बैठकका लागि एजेन्डामा यसलाई समावेश गरिसकेका छौं। बोर्डले निर्णय गरेपछि मात्र त्यसले आधिकारिकता पाउँछ।’

कार्यवाहक अध्यक्ष तारिणीविक्रम शाहको निधनपछि पछिल्लो समय क्यान नेतृत्वविहीन अवस्थामा छ। अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्याालसहित १० पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठमा भ्रष्टाचारको मुद्दा चलाएपछि शाहले कार्यवाहक अध्यक्षमा क्यानको नेतृत्व गर्दै आएका थिए। मुद्दा चलाइएका सबैले आफै निस्कृय भएपछि बाँकी कार्यसमितिले पाका एवं वरिष्ठ उपाध्यक्ष शाहलाई कार्यवाहक अध्यक्ष चयन गरेका थिए। शाहको माघ ११ मा उपचारक्रम निधन भएको थियो।
नयाँ नेतृत्व चयनलाई बोर्ड बैठक तत्काल बस्न पदाधिकारीहरू तयारीमा छन्।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्थान पक्का गरेको एक साता नबित्दै क्यानले महिला तथा पुरुष दुवै राष्ट्रिय क्रिकेट टोलीका लागि नेपाल टेलिकमसँग वार्षिक १ करोड ५० लाख रुपैयाँमा तीन वर्षे प्रायोजन सम्झौता गरेको थियो। टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले बिहीबार रकम गोप्य राख्दै प्रायोजन घोषणा गरेका थिए।

नामिबियामा अघिल्लो साता सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा उत्कृष्ट प्रदर्शनका साथ डिभिजन २ को हैसियत जोगाउन सफल नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका पाएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले डिभिजन २ मा कायम नेपाल र केन्यालाई डिभिजन १ को प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिएको थियो।
विश्व क्रिकेट लिगका लागि छनोट भएपछि नेपाली राष्ट्रिय पुरुष टोली आगामी दुई वर्ष अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुनेछ। साथमा टोलीले आगामी ट्वान्टी–२० विश्वकपको छनोट खेल्न जुलाईमा आयरल्यान्ड र स्कटल्यान्डको भ्रमण गर्नेछ। आइसिसीबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाए पनि क्यानले आफ्नै प्रयासमा कुनै खेलको अवसर सिर्जना गर्न नसकिरहेको अवस्थामा विभिन्न देशबाट प्रस्ताव आउनुलाई नेपाली क्रिकेटको महत्वपूर्ण अवसरका रुपमा लिइएको छ।