THTAFC1E885_congress-uml
जनबोली/२५ माघ, काठमाडौं । संविधानसभाबाट गठित प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रश्नावली संविधान सभा सम्वाद समितिमा पठाउन सत्तापक्ष मानसिक रुपमा तयार भएको छ ।

सत्तारुढ दलहरुको आन्तरीक छलफलबाट यदी प्रतिपक्षीहरु सहमतिमा आउने भए एनेकपा माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सम्वाद समितिलाई नै प्रश्नावली बुझाउन तयार हुनुपर्छ भन्ने एक खालको सहमति सत्तारुढ दलहरुबीच भैसकेको छ नेकपा एमालेका एक नेताले बनाए ।

baburam_20141118044046_20141118054924

जनबोली डटकमसँगको कुराकानीमा उनले भने, सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) गठनको गृहकार्य पनि थालेको छ यो पनि अर्को सहमतिको आधार हो ।
एमाओवादी मोर्चासँग सहमति भएको अवस्थामा प्रस्ताव समिति स्वतः निश्क्रिय हुने र त्यतिबेला प्रश्नावलीलाई सम्वाद समितिमा पठाउन सकिने उनले प्रष्ट पारे ।
सहमति भएको अवस्थामा फेरि प्रश्नावली बनाइरहनु नपरोस् भनेरै एमाओवादीका एजेन्डालाई समेत प्रश्नावलीमा समेटिएको नेताहरुले बताएका छन् ।

‘एमाओवादी मोर्चासँग सहमति हुनासाथ प्रश्नावली समिति निश्क्रिय बन्छ, त्यसपछि यो प्रश्नावली सम्वाद समितिका लागि काम लाग्न सक्छ’, प्रश्नावली समितिका एक सभासदले भने ।

यसैवीच सत्तारुढ दलका नेताहरुले एमाओवादीलाई विश्वासमा लिन सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तत्काल गठन गर्ने गृहकार्य थालेका छन् ।
आयोगको प्रमुखमा कसलाई ल्याउने भन्नेबारे दलहरुले एमाओवादीको समेत समर्थन जुटाउने प्रयास थालेको बुझिएको छ ।
‘एमाओवादी नेताहरुले हामीलाई हेग पु¥यालउँछन् कि भनेर नडराए हुन्छ,’ नेपाली कांग्रेसका एक उच्च तहका नेताले भने यसबारे उहाँहरुलाई विश्वासमा लिएर एक दुई दिनमै आयोग गठन गर्ने तयारी भइरहेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा दमननाथ ढुंगानालाई ल्याउन कांग्रेस र एमालेका नेताहरु सहमत भइसकेको बुझिएको छ ।
एमाले अध्यक्ष केपी ओलीसमेत दमननाथको नाममा सहमत भइसकेकाले आयोगको प्रमुखमा ढुंगानाको सम्भावना बढेको स्रोतले बतायो ।

news_1931464080
‘यद्यपि यसमा ढुंगानाजी आफैंले मान्नुहुन्छ कि मान्नुहुन्न भन्ने कुरा मुख्य हो,’ कांग्रेसका एक नेता भन्छन् ‘उहाँको नाममा एमाओवादी पनि सहमत हुने हामीलाई विश्वास छ ।
स्रोतका अनुसार कानूनमन्त्री नरहरी आचार्यले टीआरसी गठनमा एमाओवादीको समर्थन जुटाउने प्रयास गरेका छन् ।

त्यसैगरी सरकारले एमाओवादीको मागबमोजिम वार्ताका लागि राजनीतिक वक्तव्यमार्फत आह्वान गर्ने भएको छ ।
बाह्रबुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म एवं भावना अनुसार सहमतिमै संविधान बनाउन तयार रहेको प्रतिवद्धतासहित वक्तव्यको तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।

सम्बन्धित खबरहरु