जनबोली/२५ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै संविधान जारी गर्ने प्रतिबद्धतासहित आन्दोलनरत एमाओवादी-मधेसी मोर्चालाई वार्तामा आउन लिखित आह्वान गर्ने भएका छन् ।

संविधानसभाले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया अगाडि बढाएपछि सडकमा पुगेको विपक्षी मोर्चालाई आन्दोलन रोकेर संवादमा फर्कन आह्वान गरिने अर्थमन्त्री रामशरण महतले बताए ।

सत्तापक्षले १२ बुँदे, बिस्तृत शान्ति सम्झौतालगायतका सहमति, अन्तरिम संविधानको मर्मअनुरुप नै सहमतिमा संविधान जारी गर्ने लिखित प्रतिबद्धता जनाए वार्तामा बस्न सकिने एमाओवादीसहितको विपक्षी मोर्चाको जनाऊपछि प्रधानमन्त्री लिखित आह्वान गर्ने निश्कर्षमा पुगेका हुन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु