जनबोली/२५ माघ, काठमाडौं । नेकपा एमालेले बिपक्षीहरुसंगको बार्ता र छलफलका लागी अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटिको बैठकले बिपक्षी गठबन्धनहरुलाई संविधान निर्माणको प्रक्रियामा ल्याउन सबै किसिमका पहल गर्ने निर्णय गरेको हो ।
बैठकले बिपक्षीहरुको आन्दोदन नै गलत भएको भन्र्दै सहमतिको बाटोमा आउन आग्रह समेत गरेको छ ।
सहमतिका लागि गएको माघ ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफललाई प्रस्थान विन्दु बनाएर वार्ता अगाडि बढाउन सकिने बैठकको निष्कर्ष रहेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
दलहरुको आ आफ्नै अडानका कारण माघ ५ गतेको वार्ता भाँडिए यता सत्तापक्ष र विपक्षी दलका नेताबीच औपचारिक रुपमा संयुक्त छलफल हुन सकेको छैन ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।