जनबोली/२५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भूमिका खेल्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई आग्रह गरेका छन् ।

केहीदिनदेखि विराटनगरमा रहेका गच्छदारलाई टेलिफोन मार्फत मध्यमार्गी भूमिका खेलिदिन आग्रह गरेका हुन् ।

जवाफमा गच्छदारले ओलीलाई सहमतिका लागि सत्तापक्ष लचिलो हुनुपर्ने जवाफ फर्काएका हुन् । गच्छदारले विराटनगरमा पत्रकारहरुलाई सहमतिका लागि छलवफल भएको जनाएका छन् ।

एमाओवादी मोर्चाका प्रभावशाली नेता समेत रहेका गच्छदारले मोर्चा वार्ताबाट भाग्न नहुने बताए । उनले सहमतिका लागि सत्ता पक्ष र विपक्षी दुवै लचिलो हुनुपर्ने बताए ।

विपक्षी मोर्चा वार्तामा बस्न तयार हुनुपर्ने र संविधानसभा छोड्न नमिल्ने तथा सत्ता पक्षपनि सहमतिका लागि तयार हुनुपर्ने उल्लेख गरे ।

सम्बन्धित खबरहरु