atletico-madridजनबोली/२५ माघ, काठमाडौं ।  स्पेनीस ला लिगामा रियल म्याड्रिड एथ्लेटीको म्याड्रिडको हातबाट लज्जास्पद हार व्यहोरेको छ । गएराति सम्पन्न खेलमा रियलले फराकीलो हार ब्योरेको हो ।

एथ्लेटीकोसँग रियलले हार्दा अर्को क्लब बार्सिलोनालाई भने राहत मिलेको छ । एथ्लेटीकोको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा खेलको १४ औं मिनेटबाट गोलको वर्ष सुरु भएको थियो ।

लगभग एकतर्फि जस्तो बनेको खेलमा रियलका खेलाडी निरिह बनेका थिए । थिएगोले गोलको खाता खोलेका सिथए । खेलको १८ औं मिनेटमा साउल निगुएले अग्रता दोब्बर पारे ।

खेलको ६७ औं मिनेटमा एन्टोनी र ८१ औं मिनेटमा मारियो मान्जिुकीले गोल गर्दै ४–० को जीत हातपार्न सफल भयो ।

विपक्षी खेलाडी कुटेपछि दुई खेल प्रतिबन्धमा परेका रोनाल्डोले खेलमा पुनरागमन गरे पनि कुनै जादु गर्न सकेनन् । यो हार पछि वार्सिलोनासँगको उस्को अंकदुरी बढ्न सकेन ।

तर पनि २२ खेलबाट रियलको ५४ अंक रहेको छ भने एथ्लेटीको र वार्सिलोनाको समान ५० अंक छ । वार्सिलोनाले एक खेल कम खेलेको छ ।

सम्बन्धित खबरहरु