uml-1-e1420948177741नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय बल्खुमा मध्यान्ह सुरु हुने बैठकमा आज पनि विपक्षीमोर्चालाई वार्तामा ल्याउन पार्टीको भुमिका र आगामी रणनितिका विषयमा छलफल हुनेछ ।

यसैबीच हिजोको बैठकले दलहरुबीच पुनः सम्वाद सुरु गर्ने प्रस्ताव अघि सार्दै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्तामा आउन आग्ह गरेको   थियो । माघ ५ गते पार्टी अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाटै फेरि सम्वाद सुरु गर्न सकिने एमालेको निष्कर्ष थियो ।

सम्बन्धित खबरहरु