क्रिकेट विश्वकप १४ फेब्रुअरीबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदैछ । क्रिकेटको यस महाकुम्भमा मैदानमा र बाहिर पनि यस्ता घटना हुन्छन्, जुन अविश्मरणीय हुन्छन् ।

यस्तै १० घटनाबारे चर्चा गर्दैछौं ।

१. सबैभन्दा छिटो शतक

England floored by pink-haired Irishman

विश्वकपमा सबैभन्दा छिटो शतकको कीर्तिमान आयरल्याण्डका केविन ओब्रायनको नाममा छ ।

उनले २०११ को विश्वकपमा ५० बलमा छ छक्का र १३ चौकाको मदतमा शतक बनाएका हुन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाका म्याथु हेडिनको नाममा थियो ।

२. एक बलमा २२ रनको लक्ष्य !

Twenty-two runs off one ball

रंगभेदको नीतिका कारण लागेको प्रतिवन्धपछि दक्षिण अफ्रिकाले १९९२ मा पहिलो विश्वकप  खेल्यो र अष्ट्रेलिया, वेष्टइण्डिज, पाकिस्तान र भारतलाई हराउँदै सेमिफाइनलमा पुग्यो ।

फाइनल प्रवेशका लागि उसको भेट इंग्ल्याण्डसँग थियो, जुन खेल वर्षाले प्रभावित भयो । वर्षाले खेल रोकिनुअघिसम्म दक्षिण अफ्रिकालाई १३ बलमा २२ रन चाहिएको थियो ।

तर, वर्षापछि खेल सुरु हुँदा डकवर्थ लुईस नियाका आधारमा नयाँ लक्ष्य निर्धारण गरियो । त्यसबेला उसले एक बलमा २२ रन बनाउनु पर्ने लक्ष्य पायो, जुन असम्भव थियो ।

३. फ्लिन्टफ क्यारिबियन सागरमा खसे

The Fredalo affair

२००५ को एशेजका हिरो एन्ड्रयू फ्लिन्टफ २००७ को विश्पकपमा मदिराले मातेर क्यारेबियन सागरमा खसे ।

लुसियामा भएको पहिलो खेल हारेपछि उनले टीमका साथीहरुसँग बसेर झण्डै ८ घन्टासम्म मदिरा पिए । त्यही क्रममा उनी क्यारेबियन सागरमा खस्न पुगे । होटलका कर्मचारीले उनलाई बचाए ।

यो घटना सार्वजनिक भएपछि उनलाई उपकप्तान पदबाट हटाइएयो भने एक खेलको प्रतिवन्ध लागेको थियो ।

४.कपिलको एक क्याच, जसले उपाधि दिलायो

Kapil's catch

पहिलो दुई विश्वकप वेष्टइण्डिजले लड्सको मैदानमा जितेको थियो । १९८३ को विश्वकपको फाइनल फेरि लड्सकै मैदानमा खेलिँदै थियो । वेष्टइण्डिजका कप्तान क्लाइव लयड विश्वकप जितेर ह्याट्रिक गर्न चाहन्थे ।

तर, कपिलको एक क्याचले पासा पल्टियो । विलियन रिचार्ड्सले एक बलमा मिडविकेटमा हुक गरे । भारतीय कप्तान कपिल देवले मिड अवनमा विकेट लिए । त्यसपछि वेष्टइण्डिजको टीम तासको घर जस्तै भत्कियो र भारत च्याम्पियन बन्यो ।

५. शेन वार्न ड्रग टेष्टमा फेल

Shane Warne fails drug test

अष्ट्रेलियाका लेग स्पिनर शेन वार्नलाई दक्षिण अफ्रिकामा भएको विश्वकपका क्रममा एक दिन घर फर्कने टिकट थमाइयो । कारण, उनी ड्रग टेष्टमा फेल भए ।

उनले आफ्नो आमाको सल्लाह अनुसार तौल कम गर्ने औषधी आएको अष्ट्रेलियाले दाबी गरेको थियो । तर, अधिकारीहरुले उनीमाथि एक वर्षको प्रतिवन्ध लगाए । त्यसपछि शेन वार्नले देशका लागि वन डे क्रिकेट खेल्न पाएनन् ।

६. रहश्यमय निधन

Bob Woolmer's death

पाकिस्तान टीमका प्रशिक्षक बब वुल्मर जमैकामा आफ्नो होटलमा मृत भेटिए । त्यसको एक दिन अघि मात्र पाकिस्तान आयरल्याण्डसँग पराजित भएको थियो ।

स्थानीय प्रहरीले हत्याको आशंकामा छानविन सुरु गर्‍यो । खेलाडी, प्रशंसक र फिक्सिङ गर्नेहरुको गिरोहले हत्या गरेको आशंका गरिएको थियो ।

तर, तीन महिनापछि जमैकाो प्रहरीले वुल्मरको निधन प्राकृतिक भएको निष्कर्ष निकाल्यो ।

७. द चोकर्स !

The choke of the century

दक्षिण अफ्रिका विश्वकपको सुुपर सिक्समा अष्ट्रेलियासँग पराजित भएको थियो ।  एजबस्टनको मैदानमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकको नौ विकेट गुमिसकेको थियो र उसलाई जितका लागि अन्तिम ओभरमा नौ रन चाहिएको थियो ।

लस क्लुजनरले पहिलो बलमा दुई चौका हाने र स्कोर बराबर गरे । त्यसपछिको बलमा क्लूजनर एक रनका लागि दौडिए ।

तर, अर्को तर्फ रहेका एलन डोनल्डले त्यतातिर ध्यान नै दिएनन् । क्लुजनर बीचमा फसे र एडम गिलक्रिस्टले उनको गल्तीको फाइदा उठाए ।

८. लोकतन्त्रको मृत्यु

The death of democracy

एण्डी फ्लावर जिम्बाब्वेका सफल खेलाडी थिए र हेनरी ओलांष त्यहाँका पहिलो कालो खेलाडी थिए ।

दुबैले हरारेमा विश्वकपको खेल सुरु हुनुअघि रोबर्ट मुगाबेको दमनकारी सत्ताविरुद्ध प्रदर्शन गरे । दुबैले आफ्नो देशमा लोकतन्त्रको मृत्यु भएको बताएका थिए । विश्वकपमा दुबैले कालो पट्टी बाँधेर खेलेका थिए ।

यो घटनाले जिम्बाब्वेमा मानवअधिकार हननले विश्वको ध्यानाकर्षण गरायो । तर, फ्लावर र ओलांगाकधो क्रिकेट जीवनको अन्त्य भयो र दुबै जिम्बाब्वेबाट निर्वासित हुनु पर्‍यो ।

९. डि सिल्भाको जादू

De Silva lining for Sri Lanka

सन् १९९६ मा विश्वकपको सहआयोजक समेत रहेको श्रीलंकाले २२ मध्ये चार खेल मात्र  जितेको थियो । तर, सुरक्षाका कारण वेष्ट इण्डिज र अष्ट्रेलियाले श्रीलंकामा खेल्न अस्वीकार गरेपछि घरेलु टोलीले आश्चर्यजनक रुपमा फाइनलमा स्थान बनायो ।

त्यसपछि श्रीलंकाले लाहोरमा अष्ट्रेलियाविरुद्ध फाइनल खेल्नु पर्ने भयो । अष्ट्रेलियाको टीममा रिकी पोन्टिङ, शेन वार्न, ग्लेन म्याकग्राथ जस्ता खेलाडीहरु थिए ।

तर, अरविन्द डि सिल्भाको उत्कृष्ट प्रदर्शनको मदतमा श्रीलंकाले विश्वकप जित्यो । उनले मार्क टेलर, पोन्टिङ, इयान हेलीको विकेट मात्र लिएनन्, अविजित १०७ रन बनाए ।

१०. यत्ति मोटो तर, क्याच !

Leverock's lunge

बर्मुडाका जेल अधिकारी ड्वेन लिवरकले २००७ को विश्वकपमा आफ्नो प्रदर्शनबाट सबैलाई आश्चर्यचकित पारे । १२७ किलोग्राम तौल भएका उनले समूह चरणको खेलमा उनले भारतका रविन उथप्पाको क्याच निकै उत्कृष्ट ढंगले लिए । यो उनको सातौं क्याच थियो ।

एक मैत्रिपूर्ण खेलमा स्पिनर लिवरकले केभिन पिटरसन, पल कलिङवुडलाई समेत पभेलियनको बाटो देखाएका थिए ।

बर्मुडाबाट फर्किएपछि उनलाई स्पोर्ट पर्सनालिटी अफ दि इयर र एललेछ अफ दि इयरबाट सम्मान गरिएको थियो ।

बीबीसीको सहयोगमा

सम्बन्धित खबरहरु