THTAFC1E885_congress-uml

जनबोली/माघ २५, काठमाडौ । प्रधानमन्त्री सुशिल कोइरालाले विपक्षी मोर्चाको भावना अनुरुप सहमतिबाटै संविधान निमार्ण गरिने प्रतिवद्धता सहितको वक्तव्य जारी गर्ने भएका छन् । सत्तारुढ दलहरुको सहमतिकै आधारमा प्रधानमन्त्रीको वक्तव्य तयार भएको स्रोतले जनाएको छ ।

 प्रधानमन्त्री कोइरालाले सहमतिबाटै संविधान जारी गर्ने प्रतिबद्धतासहित लिखित वक्तव्य निकाल्ने भएका हुन् । सत्तापक्षमा रहेका दलहरुबीचको सहमतिमा प्रधानमन्त्रीको लिखित वक्तव्य तयार भएको छ ।

सहमति र प्रक्रिया जोडेर प्रधानमन्त्रीको लिखित वक्तव्य आउने गरि ‘ड्राफ्ट’ तयार भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । लिखित पत्रमा विपक्षी मोर्चालाई आन्दोलन रोकेर संवादमा र्फकन आहवान सहित सत्तापक्षका तर्फबाट केही प्रतिवद्धता जनाइएको छ ।

माघ ११ गते सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले एकतर्फी रूपमा प्रस्ताव समिति बनाएपछि सत्ता र प्रतिपक्षबीच उत्पन्न पानी बाराबारको स बन्ध सहज बनाउन अमेरिकी राजदूत पिटर डब्लू बोडीले सक्रिय पहल गरेको बुझिएको छ।

बिहीबार बिहान उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवासमा भेटी प्रधानमन्त्री सुशील कोइरालाले लाजि पाट नै पुगेर गरेको वार्ताको आह्वानलाई सकारात्मक रूपमा लिन आग्रह गरेका थिए।

कोइरालले आज लिखित रुपमै वार्तामा आउन आह्वान गर्ने तयारी थालेपनि  काहा कुन समयमा भन्ने यकिन भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए ।

सम्भव भएसम्म वक्तव्य आजै सार्वजकि गरेर विपक्षी मोर्चालाई पठाइने स्रोतको दावी छ । ‘कांग्रेस नेता तथा सल्लाहकारको सहयोगमा लिखित पत्र तयार भएको छ’ स्रोतले भन्यो ‘अब एमालेसँग त्यसको भाषाका वषयमा छलफल भएप्छि आह्वान गरिनेछ ।’
सत्तापक्षले १२ बुँदे, विस्तृत शान्ति सम्झौतालगायत सहमति, अन्तरिम संविधानको मर्मअनुरूप नै सहमतिमा संविधान जारी गर्ने लिखित प्रतिबद्धता जनाए वार्तामा बस्न सकिने एमाओवादीसहितको विपक्षी मोर्चाको जनाउपछि प्रधानमन्त्री लिखित आहवान गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार लिखित वक्तव्यको बेहोरा कस्तो भए विपक्षी मोर्चा वार्तामा आउन सक्छ भन्ने विषयमा कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग परामर्श गरिरहेका छन । प्रधानमन्त्री कोइरालाले वक्तव्य आए लगत्तै आन्दोलन रोक्ने प्रतिवद्धता भने चाहेका छन् ।

सम्बन्धित खबरहरु