हिमालयन बैंकको निस्क्रिय कर्जा घट्यो, खुद नाफामा सामान्य बढोत्तरी

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २५ माघ, २०७१

हिमालयन बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ५८ करोड ९५ लाख खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफामा आठ प्रतिशतले मात्र बढोत्तरी गर्न सके पनि निस्क्रिय कर्जा भने झण्डै ३९ प्रतिशतले घटाउनुलाई निकै सकारात्मक मान्नुपर्छ । बैंकले चुक्ता पूँजी भन्दा बढी जगेडा कोषमा रकम जम्मा गरेको छ भने १२ प्रतिशतले निक्षेप र २० प्रतिशतले कर्जा बिस्तार गरेको छ ।

himalayan bankजगेडा कोषमा रकम जम्मा गरेको छ भने १२ प्रतिशतले निक्षेप र २० प्रतिशतले कर्जा बिस्तार गरेको छ ।

बैंकले शुल्क, कमिशन र छुट शीर्षकमा आम्दानी बढाए पनि बिदेशी मुद्राको कारोबारमा आम्दानी घटेको छ । ब्याज आम्दानी ७ प्रतिशतले मात्र बढेको र संचालन नाफा पनि सोही अनुपातमा रहेकाले बैंकले खुद नाफा उल्लेखनीय रुपमा बढाउन नसकेको देखिएको छ । अर्कोतर्फ कर्मचारी र संचालन खर्च पनि दोहोरो अंकले बढेको छ ।

मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार बैंक ग्यारेन्टी मामिलामा फसेको बैंकले त्यस वापतको जोखिम ब्यवस्थापन गरिसकेको अबस्था छ । अदालती फैसला बैंकको पक्षमा आएमा मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गर्न नपर्ने अबस्था आएमा बैंकको अबस्था अरु सवल हुने देखिन्छ ।

हिमालयन बैंकमा सर्वसाधारणको २० प्रतिशत हाराहारीमा हिस्सा रहेको छ । बैंकले गत आर्थिक बर्षमा लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी तीन अर्ब ३३ करोड पुर्याएको छ । बैंकको प्रति शेयर आम्दानी ३५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७