शिखर ईन्स्योरेन्सले सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २५ माघ, २०७१

शिखर ईन्स्योरेन्स कम्पनीले कम्पनीमा सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने निर्णय गरेको छ । कम्पनी संचालक समितिको बैठकले सर्वसाधारण लगानीकर्ताका लागि १० प्रतिशत शेयर निश्काशन गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जारी गरेको सूचनामा उल्लेख छ ।

 shikhar insuranceशिखरको हाल चुक्ता पूँजी २९ करोड ७५ लाख रहेकोमा त्यसको १० प्रतिशतले हुन आउने रकम बराबरको शेयर निश्काशन गर्ने निर्णय गरिएको हो । कम्पनीमा हाल सर्वसाधारणको २० र संस्थापकको ८० प्रतिशत हिस्सा छ । कम्पनीले प्रिमियम रकम भने तोकेको छैन् । आन्तरिक मूल्याङकनबाट रकम तय भए पछि बीमा समितिबाट स्वीकृत भएपछि निश्काशनको सूचना जारी गरिने जनाईएको छ । प्रिमियम रकम चारसयसम्म हुनसक्ने बुझिएको छ ।

निर्जिवन बीमाको क्षेत्रमा शिखर ईन्स्योरेन्स राम्रो कम्पनी मानिन्छ । दोस्रो बजारमा कम्पनीको प्रति शेयर मूल्य ८५८ रुपैयाँ छ ।

सम्बन्धित खबरहरु