Maobadi_Morcha

जनबोली २५ माघ, काठमाडौं । वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले गरेको लिखित आग्रहलाई एमाओवादीले अपुरो भएको टिप्पणी गरेको छ ।
वार्ताका लागि प्रधानमन्त्रीले गरेको आग्रहबारे प्रारम्भिक टिप्पणी गर्दै एमाओवादी नेता दिनानाथ शर्माले प्रधानमन्त्रीको वक्तव्य अपुरो र अमुर्त रहेको बताएका छन् । यसमा संविधानसभाको बहुमतीय प्रक्रिया रोक्ने संकेत देखिएको छैन र विगतमा दलहरुवीच भएका सहमति कार्यान्वयन गर्ने पनि देखिएन त्यसैले वार्तामा बस्ने वातावरण नदेखिएको संकेत गरे ।

प्रधानमन्त्री कोइरालाको वक्तव्यमा सहमतिबाटै संविधान बन्छ भन्ने सुनिश्चितता भन्दा पनि एमाओवादी मोर्चाले थालेको आन्दोलनमाथि भ्रम पार्ने नियत देखिएको नेता शर्माले विश्लेषण गरे ।

यसैगरी प्रधानमन्त्रीको वक्तव्यमा जनआन्दोलनका सहयात्रीवीच सहकार्य गरी संविधान निर्माणमा अघि बढ्ने प्रस्ताव भने सकारात्मक रहेको एमाओवादी महासचिव कृष्णबहादुर महराले बताए । उनले भने– ‘प्रधानमन्त्रीले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीहरु मिलेर जाने कुरा गरेको चाँहि राम्रै हो ।’

प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी र मधेसवादी दल लगायतलाई वार्ताका लागि लिखित आह्वान गरेको केही घण्टामै एमाओवादी नेताबाट यस्तो प्रतिक्रिया आएको हो ।

यसअघि एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका आधारमा संविधान बनाउने प्रतिवद्धता सहमति प्रधानमन्त्रीको वक्तव्य आए वार्तामा जुनसुकै बेला बस्ने बताएका थिए ।

सम्बन्धित खबरहरु