sushil-and-prachanda

जनबोली/२५ माघ, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आहृवान गरेपछि संघर्षका लागि गाँउ झरेका एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्वोधनका कार्यक्रम छोडेरै भएपनि काठमाडौ फर्किएका छन् ।
सिरहामा रहेका प्रचण्ड आइतबार नै साँझ काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्रीको वक्तव्यका सन्र्दभमा आन्दोलनकारी ३० दलका नेताहरुसँग छलफल गरेर जवाफ दिन प्रचण्डले काठमाडौ फर्किएको वक्तव्य स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । ३० दलसँग छलफलका लागि प्रचण्ड आइतबारै काठमाडौं आएका हुन् ।

‘प्रधानमन्त्रीको वक्तव्य स्वकीय सचिव चूडामणि खड्काले प्रचण्डलाई पढेर सुनाउनुभएका थिए । वक्तव्य सुनेपछि प्रष्ट नभएको प्रतिक्रिया दिएको एक माओवादी नेताले जानकारी दिए ।

प्रधानमन्त्री सुशील कोइरालाले आइतबार वक्तव्य निकालेर वार्तामा आउन आहृवान गरेका थिए ।

सम्बन्धित खबरहरु