gold

जनबोली/२५ माघ, काठमाडौ । हप्ताको पहिलो दिन सुनको भाउ १२ सयले घटेको छ । शुक्रवार ५३ हजार ७ सय रहेको सुन आइतबार तोलाको ५२ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । शुक्रवार ७ सय २० रुपैयाँ रहेको चाँदी ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको व्यवसायीले बताएका छन । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु