लिखित पत्र आए मात्रै वार्तामा बस्ने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २६ माघ, २०७१

Prachanda-Bijay-Gacchadarजनबोली/२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चा र त्यसका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लिखित पत्र आए मात्रै वार्तामा बस्ने बताएपछि प्रधानमन्त्रीले त्यसै गरे ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि लिखित आह्वान गरेपछि यसबारे औपचारिक धारणा बनाउन एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाको बैठक आज बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले वार्तामा जाने या नजानेबारे औपचारिक धारणा तय गर्ने मोर्चाका नेताहरुले बताएका छन ।

आइतबार प्रधानमन्त्रीले लिखित आह्वान गरे लगत्तै एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले अमूर्त र अस्पष्ट भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

तर प्रधानमन्त्रीको आह्वानलाई लिएर मोर्चाभित्रैबाट अस्पष्ट प्रतिक्रिया आएको छ । एकीकृत माओवादीका नेताहरुले प्रधानमन्त्रीको आह्वान अमूर्त भए पनि वार्तामा बोलाउनु सकारात्मक भनेका छन ।

मधेसी दलका नेताहरुले भने प्रधानमन्त्रीको पत्रलाई ठाडै अस्वीकार गर्दै यसबारे राष्ट्रपतिलाई नै भेटेर आफ्नो असन्तुष्टी जनाएका छन ।

एकीकृत माओवादीले प्रधानमन्त्रीले सहमतिका आधारमा संविधान बनाउने लिखित प्रतिबद्धता जनाए वार्तामा बस्न तयार रहेको बताएपछि प्रधानमन्त्री कोइरालाले कांग्रेस र एमालेको राय बमोजिम आइतबार वार्ताको आव्हान गरेका हुन् ।

बैठकमा आन्दोलनको तयारीका बिषयमा पनि छलफल हुने बताईएको छ । एमाओवादीका नेता डा। बाबुराम भट्टराई पश्चिम नेपालको भ्रमणमा रहेका छन् ।

सम्बन्धित खबरहरु

बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७