larkel-lamaजनबोली/२६ माघ काठमाडौं । नक्कली राहदानी बनाउनेदेखि अन्य फर्जी काम गर्नमा माहिर विवास्पद छविका ल्यारक्याल लामा एमाओवादीको सिफारिसमा सभासद भएका छन्। गत संविधानसभा निर्वाचनमा एमाओवादीका तर्फबाट समानुपातिकतर्फका सभासद शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य रहेकै अवस्थामा राजीनामा स्विकृत नगराई समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश गरेको भन्दै सर्वोच्च अदालतले कात्तिक ५ गते पासवानको सभासद पद खारेज गरेको थियो। पासवानको सभासद पद खारेज भएपछि रिक्त पदमा एमाओवादीको सिफारिसमा ल्यारक्याल लामालाई ल्याइएको हो ।

झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका लामाले पछि मन्त्रीबाट राजिनामा दिएका थिए। त्यसपछि उनी एमाओवादीमा प्रवेश गरेका थिए। ल्यारकाल लामाले भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र बनाएका खबर त पहिलेदेखि आएकै हुन् । तर उनले नेपालबाट अमेरिकामा गरेको मानवतस्करीको रामकहानी हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसक्लान् । धार्मिक भेषमा उनले नेपालबाट अमेरिकामा कसरी मानवतस्करी गरे भन्नेबारेमा सुरु गरियो विशेष खोज । अनि खुले यस्ता रहस्यहरु ।

सम्बन्धित खबरहरु