Susil koiralaजनबोली/२६ माघ, काठमाडौ । प्रम सुशील कोइरालाले वार्ताको लागि लिखित आह्वान गरेपछि यसबारे औपचारिक धारणा बनाउन एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाको बैठक आज बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकले वार्तामा जाने या नजानेबारे औपचारिक धारणा तय गर्ने मोर्चाका नेताहरुले बताएका छन् । आइतबार प्रधानमन्त्रीले लिखित आह्वान गरे लगत्तै एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले अमूर्त र अस्पष्ट भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।  तर प्रधानमन्त्रीको आह्वानलाई लिएर मोर्चाभित्रैबाट अस्पष्ट प्रतिक्रिया आएको छ ।

एकीकृत माओवादीका नेताहरुले प्रधानमन्त्रीको आह्वान अमूर्त भएपनि वार्तामा बोलाउनु सकारात्मक भनेका छन् । मधेसी दलका नेताहरुले भने प्रधानमन्त्रीको पत्रलाई ठाडै अस्वीकार गर्दै यसबारे राष्ट्रपतिलाई नै भेटेर आफ््नो असन्तुष्टी जनाएका छन् ।

एकीकृत माओवादीले प्रधानमन्त्रीले सहमतिका आधारमा संविधान बनाउने लिखित प्रतिबद्धता जनाए वार्तामा बस्न तयार रहेको बताएपछि प्रधानमन्त्री कोइरालाले कांग्रेस र एमालेको राय बमोजिम आइतबार वार्ताको आव्हान गरेका थिए । बैठकमा आन्दोलनको तयारीका बिषयमा पनि छलफल हुने बताईएको छ ।

सम्बन्धित खबरहरु