जनबोली/२६ माघ, काठमाडौ । काठमाडौंको ठूलो भर्याङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकोछ ।

गएराती स्कुटरको ठक्करबाट गोरखा घर भई अहिले  इंचगु बस्ने ६० वर्षका पेमा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ६४ प ३९८ नम्बरको स्कुटरको ठक्करबाट लामाको मृत्यु भएको हो ।  दुर्घटनामा स्कुटर चालक सर्लाहीका मोहन शाह र  पछाडि बस्ने काभ्रेका उमेश चालिसे पनि घाइते भएका छन् ।

सम्बन्धित खबरहरु