सुत्केरी महिलाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २६ माघ, २०७१

जनबोली/२६ माघ, जुम्ला । अत्याधिक रक्तश्रावका कारण जुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । सडक र एम्बुलेन्स पहुँच नहुँदा डिल्लीचौर गाविस वडा नम्बर २ लोर्पाकी २३ वर्षीया लालशोभा बुढालाई समयमै अस्पताल पुर्याउन नसकेपछि रक्ताश्रावका कारण मुत्यु भएको हो ।

डिल्लीचौर उपस्वास्थ्य चौकीका अनमी शोभा खड्काका अनुसार तीन दिनदेखि घरमा सुत्केरी व्यथा लागेपछि चार दिनपछि मात्र स्वास्थ्यचौकी ल्याइएकाले राम्रोसँग सुत्केरी भए पनि अत्यधिक मात्रामा रक्तस्राव भएकाले जिल्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रिफर गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुढाको मृत्यु भएको हो।

सम्बन्धित खबरहरु