Sujataजनबोली न्युज डेस्क, काठमाडौं । संविधान लेखनका लागि माओवादी तत्कालिन शान्ति प्रक्रियाका लागि प्रमुख हिस्सा रहेको जिकिर गर्दै लचक र जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउँछिन् कांग्रेस नेतृ सुजाता कोइराला ।

उनले एमाओवादी संविधान निमार्ण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्ने बताइन् ।

नेतृ कोइरालाले एमाओवादीले सहज रुपमा विस्तृत शान्ति सम्झौतामा १२ बुँदे सहमति गरेकाले लोकतान्त्रीक प्रक्रियाबाट भाग्न नमिल्ने बताइन् । पछिल्लो समय प्रधानमन्त्रीले थाल्नु भएको सहमतिको प्रयास सराहनीय रहेको भन्दै तत्काल एमाओवादीलाई सहमतिमा ल्याएर संविधान जारी गर्नु पर्नेमा जोड   दिइन ।

पुर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले एमाओवादीले नेतृत्व गरेको मोर्चालाई पार्टीगत र व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर मुलुक र जनताको अधिकतम हितलाई ध्यानमा राख्दै बहुमत जनताको जनादेशलाई सम्मान गर्दै संविधान लेखन प्रक्रियामा सहभागी हुन अपिल समेत गरिन् ।

सम्बन्धित खबरहरु