Barcelonaकाठमाडौं । स्पेनिश ला लिगामा बार्सिलोनाले फराकीलो जित निकाल्दै शिर्ष स्थानको रियलम्याड्रिड संगको अंक दुरी घटाएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिको बिलबाओलाई ५–२ गोलले पराजित गरेको हो । बार्सिलोनाका लागि लियोनल मेसी, लुईस स्वारेज, नेयमार, पेड्रो र मार्कोजले १–१ गोल गरे ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी १ अंकमा घटाएको छ ।

शिर्ष स्थानमा रहेको रियल मड्रिडको २२ खेलबाट ५४ अंक रहदा समान खेलबाटै बार्सिलोनाको ५३ अंक रहेको छ ।

बार्सिलोनाकालागि खेलमा स्टार स्ट्राइकर लियोनेल मेस्सीले प्रेरणादायी खेल खेलेका थिए ।

उनलाई नेइमान र स्वारेजले गतिलो साथ दिएका कारण फराकीलो जित सम्भव भएको हो । बिलबाओले पनि गोलका केही राम्रा अवसर पाएको थियो । तर, सदुपयोग गर्न भने सकेन । एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबरहरु