MU vs WHUएजेन्सी । ईङलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेस्टर युनाईटेडले वेस्टह्यामसँग १–१ गोलको बराबरी खेलको छ । पहिलो हाफमा दुबै टोलीले कुनै गोल गर्न सकेनन ।

वेस्ट ह्यामले दोश्रो हाफको चौंथो मिनेटमा कौयातेको गोलमा अग्रता लिएपनि खेल सकिन २ मिनेट बाँकी हुदा म्यानचेस्टरले गोल फर्काउन सफल भयो र खेल बराबरीमा सकियो ।

लिगका २४ खेलको समाप्तिपछि प्रिमियर लिगको अंक तालिकामा तेश्रो स्थानमा रहेको म्यानचेस्टर युनाईटेडले ४४ अंक जोडेको छ भने वेस्ट ह्याम ३७ अंकका साथ आठौं स्थानमा छ । चेल्सी ५६ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।

सम्बन्धित खबरहरु