Nepal-cricketers-celebrate

जनबोली/२६ माघ, काठमाडौं ।  व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले क्रिकेटको विकासका लागि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक वजेट बिनियोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले क्रिकेटको विकासका लागि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक वजेट बिनियोजन गर्न तथा विनियोजित बजेट परिचालन गर्न अर्थ र खेलकूद मन्त्रालयलाई निर्देशन दिएको हो ।

निकट भविष्यमा डिभिजन १ का खेलहरु सञ्चालन गर्नुपर्ने भएकाले आवश्यक भौतिक पूर्वाधार विकास गर्न मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

खेल सञ्चालनका लागि मूलपानी, कीर्तिपुर र पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदान मध्ये जुन पहिला मर्मत गर्न सकिन्छ त्यसैलाई छनोट गरी मर्मत सम्भार गर्न पनि खेलकुद मन्त्रालयलाई निर्देशन दिइएको छ ।

सभापति अधिकारीले सबै पक्षहरुको समन्वय गरेर काम गर्नुपर्ने भएकाले त्यसको जिम्मा खेलकुद cricketमन्त्रीले नै लिनुपर्ने बताए ।

बैठकमा उपस्थित भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव यूवराज लामाले नेपाली खेलकुद क्षेत्रमा राजनीतिकरण भएका कारण खेलकुद क्षेत्रले उल्लेख्य उपलब्धी ह‘ासिल गर्न नसककेको दाबी गरे ।

लामाले आपूm एकीकृत माओवादी कोटाबाट सदस्य सचिव भएको र खेलकुद मन्त्री एमाले भएको भन्दै मन्त्री हटाउन खोज्ने र आपूm टिकीरहने द्वन्द्वका कारण खेलकुद क्षेत्र प्रभावित भएको स्वीकार गरे ।

उनले सरकारले अहिलेसम्म क्रिकेटका लागि ६ करोड मात्र बजेट बिनियोजन गरेको र उक्त रकम पर्याप्त नभएको बताए । बैठकमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले हालसम्म सरकारबाट एक प्रतिशत पनिसहयोग नपाएको गुनासो गरे ।

सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनेभन्दै मूलपानीमा क्रिकेट मैदान निर्माण लागेको छ । तर, क्रिकेट मैदानमा निमार्णसंगै समग्र खेल क्षेत्रको विकासमा सरकारले ध्यान नदिएको कप्तान खड्काले टिप्पणी गरे ।

सम्बन्धित खबरहरु