Susil koirala

जनबोली/२६ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले दलहरुलाई आन्दोलनको कुरा छोडेर देश विकासको कुरा गर्न आग्रह गरेका छन् । आन्दोलनका कारण देश बर्बादीतिर गएको भन्दै आन्दोलनले देशलाई हित नगर्ने उल्लेख गरे ।

नेकपा–माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपालमा राणाकालदेखि नै आन्दोलन हुँदै आएको भन्दै आन्दोलनका कारण देश विकासमा पछि परेको उल्लेख गरे ।

प्रधानमन्त्री कोइरालाले सबै दललाई आन्दोलन छाडेर संविधान निर्माण गरी देशलाई विकास गर्ने काममा सरकारलाई सघाउन आग्रह गरे । नयाँ संविधान निर्माण भए देश विकासको बाटो खुल्ने र विदेशी लगानी भित्रिने प्रधानमन्त्रीको दावी थियो ।

उनले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि पनि समयमै लोकतान्त्रिक संविधान आवश्यक रहेको बताए । सहमतिकै आधारमा संविधान जारी गर्न सरकार तयार रहेको भन्दै उनले सहमतिका लागि सबै लचक हुनुपर्ने उल्लेख गरे ।

सम्बन्धित खबरहरु