रवि प्याकुरेल/२६ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक खोजविन आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ । पदाधिकारी सिफारिस समितिले सरकारलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपता आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगि सिफारिस समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा सुर्य किराण गुरुङको अध्यक्षतामा पाँच सदस्य आयोग पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको सदस्यहरुमा लीला उदासी , कृष्ण सुवेदी , माधबी भट्ट र मञ्चला झा रहेका छन् । त्यस्तै बेपता आयोगमा लोकेन्द्र मल्लीकको अध्यक्षमा ५ सदस्य सिफारिस गरिएको छ । उक्त आयोगको सदस्यहरुमा बिजुल बिश्वकर्मा , बिष्णु पाठक , नरकुमारी गुरुङ, आई वहादुर गुरुङ सिफारिसमा परेका छन् ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक खोजविन आयोगका पदाधिकारीको नाम सिफारिस गर्न गएको असार २ गते सर्वोेच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
सिफारिस समितिका पदाधिकारीले आयोगले दुई वटा आयोगका पदाधिकारीका लागि ६४ जना सम्भावित उम्मेदवारको सूची तयार गरेका थिए ।
सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालीन घटनाको छानविन गर्न र द्वन्द्वका क्रममा बेपत्ता भएका नागरिकहरुको खोजबिनका लागि ६ महिना भित्र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक खोजविन आयोग गठन गर्ने गरि २०६३ सालको मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेका थिए ।
तर प्रमुख दलहरुबीचको विवादका कारण शान्तिसम्झौता भएको ८ वर्ष पूरा भइसक्दा पनि दुवै आयोग गठन हुन सकेको थिएन ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग
अध्यक्ष- सुर्य किराण गुरुङ
सदस्यमा लीला उदासी ,
कृष्ण सुवेदी ,
माधबी भट्ट ,
मञ्चला झा
वेपत्ता छानविन आयोग
अध्यक्ष- लोकेन्द्र मल्लीक
सदस्य बिजुल बिश्वकर्मा ,
बिष्णु पाठक ,
नरकुमारी गुरुङ,
आई वहादुर गुरुङ