netraकाठमाडौं ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीका प्रत्येक सदस्यलाई सैन्य तालिम दिने निर्णय गरेको छ । उसले जनसेनाका रुपमा विकास गर्न सैन्य तालिम दिने निर्णय गरेको हो । 

केही दिनअघि राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले सबै सेना पार्टी र सबै पार्टी सेनाका रुपमा विकास गर्ने रणनीति बनाएको छ ।

एक पोलिटब्युरो सदस्यका अनुसार प्रत्येक सदस्यलाई जनसेनाको रुपमा प्रशिक्षण दिइनेछ ।

मोहन बैद्य नेतृत्वबाट फुटे लगत्तै दाङमा भएको प्रथम सम्मेलनबाट आवश्यक परे छुट्टै जन अदालत, जनसेना निर्माण गर्ने निर्णय गरे पनि हाललाई जनयुद्धकालिन कुनै पनि संरचना नब्युँताउने निर्णय गरेको छ ।

उक्त सम्मेलनमा महासचिव चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा सशक्त प्रतिरोधमा उत्रने उल्लेख छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु